Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
तनाव कुनै निश्चित परिस्थितिको परिणाम होइन— यो आफ्नै प्रणालीलाई व्यवस्थापन गर्न नसक्ने तपाईंको अक्षमताको परिणाम हो ।
ईष्या र जलनको मूल प्रकृति खासमा अपर्याप्तको भावना हो । यदि तपाईं साँच्चिकै आनन्दित हुनुभएको भए, तपाईंले कसको पनि ईर्ष्या गर्नुहुने थिएन ।
तपाईं को हो भनेर परिस्थितिहरूले निर्धारण गर्ने नभई परिस्थितिहरू कस्ता हुने भनेर तपाईंले निर्धारण गर्नुहुन्छ भने, त्यो नै सफलता हो ।
यदि तपाईंले रोज्ने हो भने, तपाईं यस क्षणमा आनन्दित बन्न सक्नुहुन्छ । तपाईंले बस् यो विकल्प रोज्नुपर्ने हुन्छ ।
हामी सबैमा आनन्दित भावमा र भित्री खुसीयालीमा बाँच्ने सामर्थ्य छ— यदि हामीले आफूभित्र सही किसिमको मौसम सृजना गर्ने हो भने मात्र ।
यदि तपाईं "म नाशवान् हुँ" भन्नेप्रति निरन्तर सचेत रहनुभयो भने मात्र, तपाईं साँच्चिकै चेतन रहन र जीवनको प्रत्येक अंशको आनन्द लिन सक्नुहुन्छ ।
धरती आमाको काखमा, हामीले पोषण पाइरहेका छौँ । स्वाभाविक रूपमा, हामी उनीप्रति कृतज्ञ र आभारी रहनुपर्छ ।
तपाईंको मन आगोको गोला जस्तै हो । तपाईंले यसलाई लगाम लगाउनुभयो भने, यो सूर्य जस्तै बन्न सक्छ ।
भौतिक संसारमा जेजति हुन्छ, त्यो मूलत: निश्चित किसिमको लहर हो । तपाईं राम्रो माझी हो भने, प्रत्येक लहर एक सम्भावना हो ।
आफ्नो भविष्यबारे चिन्ता नगर्नुस् । आफ्नो वर्तमानलाई राम्ररी सञ्चालन गर्नुस्, अनि भविष्य प्रस्फुरित हुनेछ ।
मेरा निम्ति, जीवन, तपाईंले के गर्नुहुन्छ भन्नेसँग सम्बन्धित छैन, बरु यो सम्पूर्णतया तपाईंले कसरी गर्नुहुन्छ भन्नेसँग सम्बन्धित छ ।
तपाईंले चाहे जेसुकै गरे पनि, बस् यो हेर्नुस्— यो सम्पूर्णतया तपाईंका लागि हो, वा सम्पूर्णको कल्याणका लागि हो । यसले राम्रो र नराम्रो कर्मबारे रहेका जुनसुकै द्विविधालाई मत्थर पार्छ ।