प्रश्न: सद्‌गुरु, साधना गरिरहेको समयमा बाध्यताहरु आउने गर्छन्, र म यसको कारण निकै दुःखी छु ।

सद्‌गुरु: तपाईंले आफ्ना बाध्यताहरूसँग खुसी हुन सिक्नुपर्छ; जे भए पनि, तपाईंसँग बाध्यता त छ नै । यदि तपाईं यससँग खुसी हुनुहुन्न भने, अब तपाईंसँग झन् दुईवटा समस्या हुनेछन्  - बाध्यता र दुःख! - पहिले नै तपाईंसँग एउटा समस्या छ, अझ अर्को सिर्जना नगर्नुहोस्। - कम्तीमा एउटा समस्या छ भने, यसलाई सम्हाल्न त सजिलो हुन्छ।

दुःख एक अप्रिय अवस्था हो; हामी तपाईंको मन र भावनाहरूलाई सुखद राख्नको लागि सधैं आनन्द र प्रेमको कुरा गर्छौं किनभने - जब यी सुखद हुन्छन्, तपाईं लचिलो हुनुहुन्छ र हामी तपाईंसँग धेरै काम गर्न सक्छौं। - जब तपाईंको मन र भावनाहरू अप्रिय हुन्छन्, तपाईं कठोर बन्नुहुन्छ; तपाईंको बारेमा केही गर्न सकिँदैन। - यदि तपाईं सुखद अवस्थामा हुनुहुन्छ भने, तपाईं फरक आकारमा ढालिन तयार हुनुहुन्छ। - जब तपाईं अप्रिय अवस्थामा हुनुहुन्छ, तपाईंलाई कसैले छोएको पनि चाहनुहुन्न।

आफ्ना बाध्यताहरूलाई आनन्दपूर्वक हेर्नुहोस्

तपाईंसँग जे जस्ता बाध्यताहरू भएपनि, दुःख त्यो भन्दा पनि ठूलो समस्या हो; यो धेरै ठूलो समस्या हो किनभने अब तपाईंलाई छुन, ढाल्न वा सहयोग गर्न सकिँदैन। तपाईं जे जस्तो मूर्खता गर्नुहुन्छ, पहिलो कुरा आनन्दित र प्रेममय हुन सिक्नुहोस्। - तपाईंसँग आफ्ना बाध्यताहरू छन्; तिनीहरूलाई आनन्दपूर्वक हेर्न सिक्नुहोस्। - त्यसपछि तपाईंसँग काम गर्न, मद्दत गर्न, तपाईंसम्म पुग्न - तपाईंको मन पर्ने र नपर्ने कुराहरू भन्दा पर बढेर काम गर्न सजिलो हुनेछ। - तपाईंको मन पर्ने र नपर्ने कुराहरू सबैभन्दा आधारभूत बाध्यताहरू हुन्; यदि हामीले तपाईंलाई यी कुराहरूबाट मुक्त गर्न मद्दत गर्नुपर्छ भने, तपाईं सुखद अवस्थामा हुनुपर्छ। - यदि तपाईं अप्रिय अवस्थामा हुनुहुन्छ भने, हामी तपाईंलाई मन नपर्ने केही गर्न लगाउन सक्दैनौं; तपाईंले मन परेको मात्र गर्नुहुनेछ। - जति धेरै मानिसहरू दुःखी हुन्छन्, तिनीहरूले त्यति नै धेरै जोड दिन्छन्, "म यही मात्र गर्छु। - म यस्तै छु!" - खुसी मानिसहरू लचिला हुन्छन् - तिनीहरूलाई नाच्न लगाउन सकिन्छ, रुन लगाउन सकिन्छ, उफ्रिन लगाउन सकिन्छ, रमाइला कुराहरू गर्न लगाउन सकिन्छ, घिस्रिएर हिँड्न भन्न सकिन्छ; जब तिनीहरू खुसी हुन्छन् सबैकुरा गर्छन्। - तिनीहरू लचिला हुन्छन्।

आफ्नो लचिलोपन नगुमाउनुहोस्। - यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। - जब तपाईं कुनै पनि अप्रिय अवस्थामा हुनुहुन्छ, चाहे मनमा होस् वा भावनामा, लचिलोपन सम्भव छैन। - आनन्दित, प्रेमपूर्ण र शान्त हुनु यही कारणले महत्त्वपूर्ण छ - किनकि तपाईंसँग धेरै बाध्यताहरू छन्।

कर्मका आलुहरू

कर्म आलुको बोरा जस्तै हो; यी बाध्यताहरूलाई जति गहिरो गाड्नुहुन्छ, यिनीहरु त्यति नै धेरै उम्रिनेछन् । - साधना भनेको तिनीहरूलाई बाहिर निकाली यसरी सुकाउने हो, ताकि तिनीहरू फेरि बढ्न नसकुन्। - यदि तपाईंले केही अवधिका लागि गहन साधना गर्नुभयो भने, तपाईंले देख्नुहुनेछ कि जब तपाईं संसारमा जानुहुन्छ, तपाईंका थुप्रै साधारण बाध्यताहरू हराएका हुन्छन्। - तर अझै पनि धेरै आलुहरू बाहिर निकाल्न बाँकी हुन्छन्। - हरेक दिन तपाईंले तिनीहरूलाई बाहिर निकालेर यस्तो बिन्दुसम्म सुकाउनुपर्छ जहाँ तिनीहरू फेरि पलाउन सक्दैनन्।

यदि एउटै आलु लाखौंमा उम्रिन्छ भने, त्यो बढाई-चढाई गरिएको आलु हो। - मानौं तपाईंलाई पाँच मिनेटको तीव्र पीडा, डर, कुनै यातनापूर्ण वा तपाईंलाई घृणा लाग्ने अरु केहीको अनुभव भएको छ । - यी पाँच मिनेटका आलुहरू, बढ्दै जानेछन् र बढ्दै जानेछन् र तपाईंको पूरै जीवनमा हावी हुनेछन्। - तपाईं जहाँ जानुहुन्छ, त्यसैको कुरा गर्नुहुनेछ, त्यसैबारे सोच्नुहुनेछ। - तपाईंले त्यसलाई गाड्नुभयो तर तिनीहरू उम्रिरहेका हुन्छन्। - तिनीहरू उस्तै किसिमका लाखौं आलुहरूको रूपमा उम्रिने छन्। - अब यदि तपाईंले यो आलुलाई सुकाएर त्यहाँ राख्नुहुन्छ भने, यो एक राम्रो अनुभव बन्छ। - तपाईंले एकदमै नराम्रो अनुभवबाट गुज्रिनु भएको भए पनि, यो एक राम्रो अनुभव बन्छ किनभने तपाईंले आफ्नो जीवनको अप्रिय क्षणहरूबाट जे सिक्नुहुन्छ त्यो निकै मूल्यवान हुन्छ। - मूर्ख मानिसहरूले मात्र बिर्सने प्रयास गर्छन्। - यदि तपाईं स्मार्ट हुनुहुन्छ भने, तपाईंले भोगेको हरेक अप्रिय अनुभवलाई बिना कुनै आक्रोश वा रिसको साथमा सधैं याद राख्नुपर्छ - ताकि तपाईं कहिल्यै पनि त्यस्तै परिस्थितिहरूमा फेरि नपर्नुहोस्।

हामी आलुहरूबाट छुटकारा पाउन चाहँदैनौं; हामी केवल आलुहरूलाई बाहिर निकालेर यसरी सुकाउन चाहन्छौं कि तिनीहरू पलाउन नसकुन्। - हामी आलुहरूलाई संरक्षण गर्न चाहन्छौं; नत्र हामी फेरि अज्ञानी मूर्ख बन्नेछौं जसले एउटै कुरा बारम्बार दोहोर्याउने गर्छन्। - जीवनको अनुभवको मूल्य फाल्न सकिँदैन। - तर यदि तपाईंले यसलाई आफूभित्र उम्रिन दिनुभयो भने, यसले तपाईंको पूरै जीवनलाई बिषालु बनाउँछ। - कर्म वा कुनै अनुभवको सम्झना, एउटा यस्तो चीज हो जसले तपाईंलाई ज्ञान दिन सक्छ, तर यो एउटा यस्तो चीज पनि हो जसले तपाईंलाई बाँध्न सक्छ - तपाईंको जीवनलाई यति धेरै बिषालु बनाउन सक्छ कि यसले तपाईंलाई नष्ट पार्नेछ। - त्यसैले, कर्म समस्या होइन; तपाईंले यसलाई कसरी बोक्नुहुन्छ त्यो मात्र समस्या हो।

Isha Kriya is a yogic practice created by Sadhguru. Available as a free guided meditation online and with written instructions as well, it has the potential to transform the life of anyone who is willing to invest just a few minutes a day.