के कर्म र समावेशीताबीच विवाद हुन्छ?
के कर्मबन्धनबाट मुक्ति पाउने लक्ष्यले मानिसको समावेशी र संलग्न हुने क्षमतामा बाधा पुर्याउँछ? कंगना रनावतको जिज्ञासाबारे सद्गुरु जवाफ दिनुहुन्छ।

कंगना रनौत: सद्गुरु, तपाईं भन्नुहुन्छ - हामीले कर्मको बन्धन तोड्ने प्रयास गर्नुपर्छ - तर त्यसैबेला तपाईं मानिसहरूलाई सबै कुरामा समावेशी र संलग्न हुन आग्रह गर्नुहुन्छ; यी दुई कुरा कसरी सँगै रहन सक्छन्?
सद्गुरु: नमस्कार, कंगना। यी दुई कुरामा तपाईंले कसरी विरोधाभास देख्नुहुन्छ? कर्मको मतलब ती सबै चिजमा बाँकी रहेको स्मृति हो जुन हामीले – शारीरिक, मानसिक, भावनात्मक र ऊर्जाको स्तरमा गर्छौं; अर्को शब्दमा भन्नुपर्दा, यो एउटा अचेतन सफ्टवेयर हो, जसलाई तपाईंले सिर्जना गर्नुहुन्छ। यो एक निश्चित मात्राको स्मृति हो - जसले तपाईंको जीवनलाई विभिन्न तहमा नियन्त्रण गर्छ।
त्यहाँ शारीरिक स्मृति, मनोवैज्ञानिक स्मृति, भावनात्मक स्मृति र ऊर्जाको स्मृति छ; र यदि तपाईंले अनुमति दिनुभयो भने - यी सबै कुराहरू एकसाथ मिलेर तपाईंको जीवनलाई नियन्त्रण गर्न सक्छन् । स्मृति, जति धेरै भए पनि, त्यो सीमित हुन्छ; त्यो एउटा सीमित सिमानाभित्र रहन्छ।
त्यसैले कर्म एउटा सीमित सिमाना हो तर ती सिमित सिमानाहरू भित्र, कर्म धेरै उपयोगी छ; यसले धेरै कुराहरूलाई सहज बनाउँछ। यसले तपाईंलाई अटोमेटिक बनाउँछ, जसले गर्दा तपाईं धेरै कुराहरूमा सजिलै प्रतिक्रिया दिन सक्नुहुन्छ।
तथापि, जब तपाईं विस्तार गर्न चाहनुहुन्छ, सीमा एउटा समस्या बन्छ; उदाहरणका लागि, यदि तपाईंले आफ्नो घर वरिपरि एउटा सीमा कोर्नुभयो र यदि तपाईं विस्तार गर्न चाहनुहुन्छ भने, यो सजिलो हुन्छ – तपाईं केवल त्यो कोरिएको रेखाबाट बाहिर जानुपर्छ। तर मानौं तपाईंको अस्तित्व र जीवनमा केही खतराहरू छन्, र तपाईंले आफ्नो वरिपरि एउटा बलियो पर्खाल बनाउनुभयो। खतराहरु आएको बेला तपाईंले सुरक्षित महसुस गर्नुहुनेछ; तर यदि तपाईंको जीवनमा कुनै खतरा छैन भने, तपाईं स्वाभाविक रूपमा विस्तार गर्न चाहनुहुन्छ। जब तपाईं विस्तार गर्न चाहनुहुन्छ, यो विशाल पर्खाल सार्ने र तपाईंको सीमा विस्तार गर्ने काम धेरै कठिन हुनेछ; सम्भवतः तपाईं केवल पर्खालको कारणले विस्तार गर्नुहुने छैन।
त्यसैगरी, कर्मको स्मृति एउटा निश्चित पर्खाल हो - जसलाई तपाईंले खडा गर्नुभएको छ; तपाईंले यसलाई खुकुलो पार्नुपर्छ र तपाईंको प्रणालीमा समावेशीता ल्याउनुपर्छ। समावेशीता भनेको सबैसँग साथीजस्तो बन्ने होइन; अस्तित्वको प्रकृति नै समावेशी छ।
तपाईं यहाँ जीवित रहँदा , रूखले फाल्ने श्वास तपाईंले लिइरहनु भएको छ; तपाईंले फाल्ने श्वास, रुखले लिइरहेको छ। तर धेरैजसो मानिसहरूलाई थाहा छैन - कि यो लेनदेन भइरहेको छ; यदि तपाईं यो लेनदेनको बारेमा सचेत हुनुहुन्छ भने, यहाँ बसेर श्वास लिने अनुभव पूर्ण रूपमा अद्भुत र आनन्दमय हुनेछ; यदि तपाईं अचेत हुनुहुन्छ भने, तपाईं अझै पनि रुखले छोड्ने अक्सिजनबाट पोषित हुनुहुनेछ, तर तपाईंले यो अनुभवलाई छुटाउनुहुनेछ।
समावेशीता भनेको तपाईंले केही फरक गर्नुपर्छ भन्ने होइन; तपाईं केवल अस्तित्वको प्रकृतिको बारेमा सचेत रहनुपर्छ। रुख र माटोमा जे छ तपाईंमा पनि त्यही छ; तपाईं जसलाई "म" भनेर सोच्नुहुन्छ त्यो वास्तवमा बस् माटो हो जसमाथि तपाईं हिँडिरहनुभएको छ। त्यसैले समावेशीता त्यस्तो कुरा होइन - जुन तपाईंले गर्नुपर्छ; अस्तित्वको प्रकृति नै समावेशी छ – तपाईं केवल यसको बारेमा सचेत हुनुपर्छ। कर्म तपाईंको व्यक्तिगत अस्तित्वको प्रकृति हो; तपाईं आफ्नो कर्मको सीमाहरूको सीमितताको बारेमा सचेत हुनुपर्छ। यदि यो जागरूकता आउँछ भने, बाँकी जीवनले आफै सम्हाल्छ।
Editor's Note: Whether you're struggling with a controversial query, feeling puzzled about a taboo topic, or just burning with a question that no one else is willing to answer, now is your chance to ask! Ask Sadhguru your questions at UnplugWithSadhguru.org.