Pre-order Sadhguru's new book - Karma: A Yogi's Guide to Crafting Your Destiny

सद्‌गुरुले क्रिया र प्राणायामहरू, इथेरिक शरीरलाई बलियो बनाउने र कर्मबाट दूरी बनाउने प्रक्रिया हो भन्ने बारे चर्चा गर्नुहुन्छ । 

दोस्रो भागमा, सद्‌गुरुले क्रिया र प्राणायामहरू, इथेरिक शरीरलाई बलियो बनाउने र कर्मबाट दूरी बनाउने प्रक्रिया हो भन्ने बारे चर्चा गर्नुहुन्छ।

सद्‌गुरु: कर्म मूलतः धेरैको लागि “माया” हो। "माया" लाई साधारणतया "भ्रम" भनेर अनुवाद गरिन्छ, यद्यपि त्यो शब्दले सबै कुरा बुझाउँदैन; तर मानौं माया भनेको भ्रम हो। धेरै जनाको लागि भ्रमको जग भनेको कर्मको पदार्थ हो। जबसम्म तपाईं "यो म हुँ, त्यो तिमी हौ" भन्ने कुरामा स्थापित हुनुहुन्छ, कर्म एउटा स्थापित वास्तविकता हुन्छ; यो फलामको संरचना जस्तै ठोस र वास्तविक हुन्छ।

तथापि, यदि तपाईंले आफूलाई अलमल्याउनुभयो भने, "कुन चाहिँ म हुँ र कुन चाहिँ म होइन?" एक्कासी कर्मले आफ्नो जग गुमाउँछ। यदि तपाईं वरिपरि हेर्नुहुन्छ र तपाईंलाई कुन चाहिँ तपाईं हो र कुन चाहिँ होइन भनेर थाहा हुँदैन भने, यस अलमलमा कर्मको जग अब उभिन सक्दैन र भत्किन्छ। एक क्षणको अलमलमा, एक्कासी, कर्मका सम्पूर्ण संरचनाहरू भत्किन्छन्। के तपाईंले महसुस गर्नुभएको छ, जब तपाई कसैसँग प्रेममा पर्नुहुन्छ, तपाईंको रुची र अरुची, तपाईंको पहिचान, तपाईंलाई के मन पर्छ, के मन पर्दैन - यी सबै कुराहरू केही मात्रामा एकअर्कामा मिसिएर जान्छन्। कम्तीमा केही दिनको लागि, त्यसपछि फेरि तपाईंतिर फर्किन सक्छ! आफूले गर्न सक्दिन भनेर सोचेका कामहरू तपाईंले गर्न थाल्नुहुन्छ किनभने तपाईं को हो भन्ने कुरामा अलिकति अलमल हुन्छ। धेरैको “माया” भ्रमित बन्दछ, किनभने दुई व्यक्तिबीच थोरै एकता आएको हुन्छ र एक्कासी कर्मले आफ्नो जग गुमाउँछ र भत्किन्छ।

धेरैको समस्या

एकपटक यस्तो भयो - सन् १९४४ मा, हिटलरका आठजना डुप्लिकेटहरूलाई एउटा सुरक्षित घरमा राखिएको थियो। उनीहरूलाई सबैभन्दा राम्रो खाना दिइन्थ्यो, सबैभन्दा राम्रो तरिकामा हेरचाह गरिन्थ्यो र उनीहरूले बेलाबेला मात्र केही काम गर्नुपर्थ्यो। उनीहरूलाई हिटलर जस्तै हुन तालिम दिइएको थियो। उनीहरू हिटलर जस्तै लुगा लगाउँथे, हिटलर जसैगरी खान्थे - हिटलरले जे गर्थे उनीहरूले पनि त्यही गर्नुपर्थ्यो किनभने, उनीहरूले कसैले थाहा नपाउने गरी अभिनय गर्नुपर्थ्यो । त्यसैले, उनीहरूले निकै राम्रो समय बिताइरहेका थिए।

त्यसपछि हाइनरिच हिम्लर नामक हिटलरका विश्वासिला व्यक्ति आए। जब कोही आउँथ्यो, उनीहरूले हिटलरलाई जस्तै गरि डुप्लिकेटहरूलाई पनि सलामी गर्नुपर्थ्यो किनभने उनीहरू यसको बानी पार्न चाहन्थे; त्यसैले, हिम्लर आए र भने "हिटलरको जय होस् !" त्यसपछि उनले भने, "मसँग खुशीको र दु:खको खबर छ।"

तिनीहरु सबैले एकैसाथ भने, "पहिले खुशीको खबर।"

"हाम्रो प्रमुख हिटलर जीवित र स्वस्थ हुनुहुन्छ।"

" दु:खको खबर...?"

"दुर्भाग्यवश, प्रमुख हिटलरले आफ्नो बायाँ आँखा गुमाउनुभयो," र उसले सबैको आँखा निकाल्ने उद्देश्यका साथ एउटा कर्क-स्क्रु निकाले।

कर्म त्यस्तै हो; यो धेरैको लागि समस्या भएको छ। त्यसैले, सर्वप्रथम गर्नुपर्ने कुरा भनेको यसको सिर्जना गर्न रोक्नु हो - यदि त्यसोगरे जीवनले आफैं यसमाथि काम गर्नेछ। वा यदि तपाईं आफ्नो सबै कर्म एकैपटक त्याग्न चाहनुहुन्छ भने, त्यो पनि गर्न सकिन्छ। तर तपाईंले बुझ्नुपर्छ, कर्म बन्धन मात्र होइन, यो सुरक्षा पनि हो। यो एउटा सिमेन्ट हो जसले तपाईंलाई शरीरसँग बाँध्छ। यदि सबै कर्म विघटन भयो भने, तपाईं आफ्नो शरीरमा रहन सक्नुहुन्न - तपाईं यसलाई छोड्नुहुनेछ। यदि तपाईंलाई यसबारे थाहा छैन भने, धेरैजसो मानिसहरूको लागि, उनीहरूले आत्मज्ञान प्राप्त गर्ने क्षण र शरीरलाई छोड्ने क्षण एउटै हुन्छ। केवल ती व्यक्तिहरू जो क्रियाको मार्गमा छन्, जसलाई शरीरको मेकानिक्स र नट-बोल्टहरू बारे थाहा छ, उनीहरूले मात्रै आत्मज्ञानपछि पनि शरीरलाई समाति राख्न सक्छन्।

इथेरिक शरीरको उपयोग गर्ने  

योगमा, हामी मानिसलाई शरीरका पाँच आवरण वा तहहरूको रूपमा हेर्छौं। पहिलो तीन - भौतिक, मानसिक र ऊर्जा शरीर - भौतिक वास्तविकताहरू हुन्; यी सूक्ष्म भए तापनि भौतिक नै हुन्। बाँकी दुई - इथेरिक शरीर र आनन्द शरीर - फरक किसिमका हुन्छन्। इथेरिक शरीर भौतिकबाट अभौतिक अवस्थाबीचको कडी हो। आनन्द शरीर पूर्णतया अभौतिक छ। भौतिक शरीर, मानसिक शरीर र ऊर्जा शरीरले कर्म बोक्छन्; तर इथेरिक शरीर र आनन्द शरीरमा कुनै कर्मको पदार्थ हुँदैन किनभने तिनीहरू अभौतिक हुन्छन्। अस्तित्वको भौतिक आयाम; कारण र प्रभावबीच हुन्छ। तर जे भौतिकभन्दा परको छ, त्यो कारण र प्रभावबीच हुँदैन। त्यसैले, जब तपाईं दैवीयको स्वाद लिन थाल्नुहुन्छ, एक्कासी, तपाईंसँग जतिसुकै कर्मको थुप्रो भए पनि, त्यसले तपाईंमाथि कुनै प्रभाव पार्दैन किनभने तपाईं अभौतिक क्षेत्रमा प्रवेश गर्न थाल्नुहुन्छ जहाँ कुनै कर्मको पदार्थ हुँदैन।

कर्म धेरैको लागि समस्या हो। त्यसैले, सर्वप्रथम गर्नुपर्ने कुरा भनेको यसको सृजना गर्न बन्द गर्नु हो - यदि त्यसोगरे जीवनले आफैं यसमाथि काम गर्नेछ।

जब तपाईं क्रिया र प्राणायाम जस्ता कुनै पनि प्रकारको सचेत श्वासप्रश्वास प्रक्रियाहरू गर्नुहुन्छ, तपाईं इथेरिक शरीरको व्यायाम गर्ने प्रयास गर्दै हुनुहुन्छ - तपाईंको त्यो आयाम जसमा भौतिक तत्व छ तर भौतिक होइन। तपाईं त्यसलाई बलियो बनाउने प्रयास गर्दै हुनुहुन्छ किनभने तपाईं चाहनुहुन्छ कि तपाईंको अभौतिक आयामको लागि त्यो बाधा बन्नुको सट्टा एक मार्ग बनोस्। यसको शारीरिक र मनोवैज्ञानिक फाइदाहरू र आध्यात्मिक आयामको सन्दर्भमा विभिन्न अन्य पक्षहरू छन्। तर एउटा सरल पक्ष भनेको; यदि भौतिक शरीर र अभौतिक आयामबीचको कडी रहेको र सृष्टिको मूल स्रोत रहेको यस आयाम आफैंमा एउटा बलियो शक्ति बन्छ भने, तपाईंको हुनुहुन्छ भन्ने भौतिकता, तपाईंले "म" भन्ने मनोवैज्ञानिक संरचना, र यो सबैको स्रोत रहेको त्यस आयाम स्वाभाविक रूपमा हरपल जोडिन्छ र सम्पर्कमा रहनेछ। कुरा यो हो कि दैवीय उपस्थिति तपाईंको जीवनमा एउटा विचार वा विश्वासको रूपमा मात्र सीमित रहनेछैन; बरु तपाईंको जीवनमा एउटा जीवित उपस्थिति रहनेछ। साधनाको आधार भनेको पनि यहि हो, कि यी तीन क्षण-क्षणको भरमा राम्रोसँग एकीकृत र जोडिएर रहुन। हामी उच्च अनुभूतिहरू वा एकपटकको अनुभव खोजिरहेका छैनौं; हामी त्यो आयामसँग निरन्तर सम्पर्क खोजिरहेका छौं। त्यसपछि मात्र तपाईं कसरी बाँच्नुहुन्छ, तपाईं कसरी रहुनुहुन्छ, तपाईंले कसरी काम गर्न सक्नुहुन्छ भन्ने जस्ता सबैकुरामा अभिव्यक्ति पाउँछ।

Editor’s Note: Find more of Sadhguru’s insights in the book “Of Mystics and Mistakes.” Download the preview chapter or purchase the ebook at Isha Downloads.