प्रश्न: सद्‌गुरु, के तपाईंले कर्मको सिद्धान्त बारेमा केही प्रकाश पार्न सक्नुहुन्छ? र कसरी एक व्यक्तिले मोक्ष प्राप्त गर्न सक्छ र आफ्नो जन्म र पुनर्जन्मको चक्रबाट मुक्त हुन सक्छ ?

सद्‌गुरु: कर्म भनेको क्रिया हो। तपाईं यहाँ बसिरहँदा, तपाईंले चार प्रकारका क्रियाहरू गरिरहनुभएको छ। तपाईंको शरीरले केही गरिरहेको छ - नत्र तपाईं जीवित हुनुहुन्न थियो। त्यसैगरी तपाईंको मन, भावना र जीवन ऊर्जाहरूले पनि केही क्रिया गरिरहेका छन्। यी चारै तपाईंको जीवनको हरेक क्षणमा भइरहेका छन् - जाग्रत अवस्थामा र निद्रामा पनि। तपाईंको ९९% भन्दा बढी कर्म, तपाईंका क्रियाहरू अचेतन छन्। तर यी क्रियाहरूको अवशेष स्मृति तपाईंभित्र जम्मा हुँदै जान्छ।

मानव प्रणाली एक अद्‌भुत मशीन हो। यसले केही पनि छुटाउँदैन। तपाईं यसको बारेमा सचेत हुनुहुन्छ वा हुनुहुँदैन, यसले सधैं सबैकुरा ग्रहण गर्छ र रेकर्ड गर्छ।

उदाहरणका लागि, जब तपाईं एक ठाउँबाट अर्को ठाउँमा हिँड्नुहुन्छ, त्यहाँ १० फरक प्रकारका गन्धहरू हुन सक्छन्, तर केही तीव्र नभएसम्म तपाईंले वास्तवमै ध्यान दिनुहुन्न। तर तपाईंको नाकमा प्रवेश गरेका सबै १० फरक गन्धहरू तपाईंभित्र रेकर्ड भएका छन्। मानव प्रणाली एक अद्भुत मशीन हो। यसले केही पनि छुटाउँदैन। तपाईं यसको बारेमा सचेत हुनुहुन्छ वा हुनुहुँदैन, यसले सधैं सबैकुरा ग्रहण गर्छ र रेकर्ड गर्छ। यो स्मृतिको आधारमा तपाईंले केही प्रवृत्तिहरू विकास गर्नुहुन्छ। यी प्रवृत्तिहरूलाई परम्परागत रुपमा वासना भनेर चिनिन्छ।

तपाईंसँग जस्तो प्रकारको वासना छ, त्यसैअनुसार तपाईं केही खास जीवन परिस्थितिहरू तर्फ जान थाल्नुहुन्छ। हामी भन्छौं "यो तपाईंको कर्म हो" - यसको अर्थ "यो तपाईंले आफै बनाउनुभएको हो।" दुर्भाग्यवश, कर्मलाई कुनै कुरा गरेको मार्फत सजाय वा पुरस्कारको रूपमा प्रस्तुत गरिएको छ। कर्म न त सजाय हो न पुरस्कार नै। यसको अर्थ तपाईंले स्मृति निर्माण गरिरहनुभएको छ; आफ्नो जीवनको हरेक क्षणमा तपाईंले अचेतन रूपमा एउटा "सफ्टवेयर" लेखिरहनुभएको छ। तपाईंको सफ्टवेयर जस्तो हुन्छ, त्यसैअनुसार तपाईं व्यवहार गर्नुहुन्छ, कार्य गर्नुहुन्छ र आफ्नो जीवनको अनुभव गर्नुहुन्छ।

कर्मको अर्थ जीवन पूर्णतया तपाईंको सिर्जना हो। प्रश्न भनेको यत्ति हो कि के तपाईं यसलाई सचेत रूपमा सिर्जना गर्नुहुन्छ वा अचेत रूपमा। माथि स्वर्गबाट कसैले तपाईंको जीवन सञ्चालन गरिरहेको छैन। कर्मको अर्थ तपाईं आफैले आफ्नो जीवन सिर्जना गरिरहनु भएको छ। यदि एकपटक तपाईंले आफ्नो जीवनको ठूलो भाग अचेत रूपमा सिर्जना गरिरहेको छु भनेर बुझ्नुभयो भने, के तपाईं आफ्नो बुद्धिले सकेसम्म सचेत हुने प्रयास गर्नु स्वाभाविक छैन ? चेतना भनेको बत्तीको भोल्टेज जस्तै हो। यदि तपाईंले भोल्टेज बढाउनुभयो भने, यसले तपाईंलाई सबै कुरा देखाउँछ। यदि तपाईंले भोल्टेज घटाउनुभयो भने, यसले तपाईंलाई थोरै मात्र देखाउँछ। सचेत हुने प्रयास गर्नुको कुनै अर्थ छैन। यदि तपाईंले आफ्नो जीवन ऊर्जाहरूलाई धेरै तीव्र बनाउनुभयो भने, चेतना तपाईंभित्र जल्नेछ। यदि तीव्रता छैन भने, यदि तपाईं केवल चेतनाको बारेमा कुरा गर्दै र पढ्दै हुनुहुन्छ भने, यो हुनेछैन।

कर्मलाई नष्ट गर्ने तरिका

हामीले यो बुझ्नुपर्छ, भारतीय संस्कृतिमा भगवान हाम्रो लक्ष्य होइन। भगवान अर्को एउटा साधन हो। हाम्रो लागि अन्तिम लक्ष्य र सर्वोच्च मूल्य मुक्ति, स्वतन्त्रता वा मोक्ष हो। अहिले, स्वर्ग एउटा राम्रो ठाउँ जस्तो देखिन सक्छ, तर यदि तपाईं त्यहाँ जानुभयो भने, केही समयपछि तपाईंलाई दिक्क लाग्नेछ। तर यसैपनि, के तपाईंसँग प्रमाण छ कि तपाईं पहिले नै स्वर्गमा हुनुहुन्न? तपाईं पहिले नै स्वर्गमा हुनुहुन्छ र यसलाई गडबड बनाइरहनुभएको छ! यदि तपाईं इच्छुक हुनुहुन्छ भने, दैवीय उपस्थिति यहाँ पनि त्यति नै छ जति अन्य कुनै ठाउँमा।

कर्म सफ्टवेयर जस्तै हो। यो सबै एउटै जीवन ऊर्जा हो, तर फरक सफ्टवेयरसँग। त्यसैले, यसले पूर्णतया फरक तरिकाले व्यवहार गर्छ।

मुक्ति भनेको चक्र तोड्नु हो। तपाईं किन चक्र तोड्न चाहनुहुन्छ ? मान्छेहरू सोच्छन् यदि तपाईं दुःखी हुनुहुन्छ भने, तपाईं चक्र तोड्न चाहनुहुनेछ। होइन। एक दुःखी व्यक्ति धनी, राम्रो, स्वस्थ, अग्लो, सुन्दर, वा अरु केही बनेर फर्कन चाहन्छ। जीवनलाई सबै पक्षमा देखेको व्यक्तिले मात्र यसभन्दा माथि जान चाहन्छ। मुक्तिको अर्थ हामी आफुले जम्मा गरेको कार्मिक जानकारी मेटाउन चाहन्छौं, जसले जीवनलाई यसमा फसाइरहेको छ र यसको वरिपरि शरीर बनाइरहेको छ। यदि तपाईंले यो कार्मिक जानकारी विघटन गर्नुभयो भने, भित्रको जीवन तपाईं वा म हुनेछैन - यो केवल जीवन हुनेछ। यो एउटा जीवित ब्रह्माण्ड हो। एक उदाहरणको लागि - यदि तपाईंले साबुनको फोका फुक्नुभयो भने, फोका वास्तविक हो। तर यदि फोका फुट्यो भने, केवल पानीको थोपा तल खस्नेछ। फोकाको बाँकी भाग हराउनेछ। फोकाभित्रको हावा वरिपरिको हावासँग मिल्नेछ।


जीवन केवल तपाईंमा मात्र छैन, यो तपाईंबाहिर पनि छ। त्यसैले तपाईं श्वास भित्र र बाहिर फेर्दै हुनुहुन्छ। त्यसबिना तपाईं अस्तित्वमा रहन सक्नुहुन्न। तपाईंले यसलाई अक्सिजन वा अरू केही भन्न सक्नुहुन्छ, तर त्यसले फरक पार्दैन। मूलभूत रूपमा, तपाईंले जीवन भन्नुहुने कुरा सर्वव्यापी छ। यो जुनसुकै प्रकारको जानकारीसँग फस्छ, त्यसैअनुसार व्यवहार गर्छ। त्यही नै हामी कर्म भनेर उल्लेख गर्छौं। कर्म सफ्टवेयर जस्तै हो। यो सबै एउटै जीवन ऊर्जा हो, तर फरक सफ्टवेयरसँग। त्यसैले, यसले पूर्णतया फरक तरिकाले व्यवहार गर्छ। यदि तपाईंले कार्मिक सफ्टवेयर पूर्णतया विघटन गर्नुभयो भने, जीवन कहाँ जान्छ? कतै पनि जाँदैन - यो त्यहीँ छ। केवल व्यक्तिगत पहिचान हराउनेछ। वास्तवमा, तपाईंभित्रको जीवनको कहिल्यै व्यक्तिगत पहिचान हुँदैन। केवल तपाईंको सफ्टवेयर मात्र व्यक्तिगत हुन्छ। यदि तपाईंले यसलाई अचेत रूपमा लेख्नुहुन्छ भने, यसले सबै प्रकारका रूपहरू लिनेछ - केही तपाईंलाई मन पर्न सक्छ, अरू मन नपर्न सक्छ। यदि तपाईंले कार्मिक सफ्टवेयर सचेत रूपमा लेख्नुहुन्छ भने, तपाईंले आफुलाई चाहेको कुरा सिर्जना गर्नुहुन्छ।

Editor’s Note: “Mystic’s Musings” includes more of Sadhguru’s wisdom on life, death and the human mechanism. Read the free sample or purchase the ebook.

A version of this article was originally published in the January 2016 Isha Forest Flower. Download as PDF on a “name your price, no minimum” basis or subscribe to the print version.