पहिलो भागमा, सद्‌गुरुले सपनाको स्वभाव र यो कसरी कर्मको विगठनसँग सम्बन्धित छ भन्ने कुरा बारे हेर्नुभएको छ।

सद्‌गुरु: जब कुनै व्यक्तिले सपना देख्छ, यसलाई कल्पना भनिन्छ। जब धेरै मानिसहरूले सपना देख्छन्, यो समाजमा परिणत हुन्छ। जब ब्रह्माण्डले सपना देख्छ, यो सामान्यतया यथार्थको रूपमा लिइन्छ। सपना एक प्रकारको यथार्थ हो, र यथार्थ एक प्रकारको सपना हो। सपना को सबैभन्दा राम्रो कुरा भनेको, जब तपाईं जागृत हुनुहुन्छ, यो समाप्त हुन्छ। यथार्थसँग पनि यस्तै छ - जब तपाईं जागृत हुनुहुन्छ, यो समाप्त हुन्छ। चिकित्सा क्षेत्रमा, यदि हामीले तपाईंको शरीरका मापदण्डहरूलाई निद्रामा जाँच गर्छौं भने, यो थोरै कम अवस्थामा हुन्छ - तपाईं ध्यान गर्दै हुनुहुन्छ। त्यसैले निद्रा केवल जागृत अवस्थाको आरामदायी अवस्था हो, वा जागृत अवस्था भनेको निद्राको एक निकै उत्तेजित अवस्था हो।

के यो कुनै प्रकारको शब्दको खेल हो, कुनै प्रकारको मनोरञ्जन जसलाई हामी सोच्न सक्छौं, "ठिक छ, सपना र जागृत अवस्था एउटै हुन्, यथार्थ र सपना पनि एउटै हुन्?" यो त्यस्तो होइन। तपाईंलाई यथार्थ केवल तपाईंका इन्द्रियहरूले तपाईंका लागि व्याख्या गर्ने तरिकामा थाहा छ। तपाईंलाई यो जस्तो छ, त्यस्तै गरि थाहा छैन। त्यसैले तपाईंले "यथार्थ" भनेर भनेको कुरा तपाईंको मनको व्याख्या हो, र "सपना" भनेको पनि तपाईंको मनको व्याख्या हो। तपाईंको मनमा भएको कुरा अर्को प्रकारको यथार्थ हो। हामी यसलाई "मनोवैज्ञानिक यथार्थ" भनेर भन्न सक्छौं। अधिकांश मानिसहरूको लागि, उनीहरूको सपना उनीहरूको सोच प्रक्रियाभन्दा धेरै शक्तिशाली हुन्छ। दुर्भाग्यवश, उनीहरूले यसको अधिकांश कुरा सम्झदैनन्।

कर्मको विसर्जन    

जीवनको प्रक्रियालाई पहिले नै गरिएको कुराको विसर्जनको रूपमा बुझ्न सकिन्छ। जब हामी भन्छौं, "तपाईंको जीवन जस्तो छ त्यो तपाईंको कर्म हो," यसको मतलब तपाईंको जीवन पहिले नै गरिएको कुराको विसर्जन हो। तर जीवनका परिस्थितिहरू तपाईंसँग भएको कार्मिक तत्वसँग राम्रोसँग मिल्न नसक्लान्। यदि तपाईं आँखा खुला राखेर सपना देख्न खोज्दै हुनुहुन्छ र तपाईंको सपना पूरा गर्न संसारको सहयोग खोज्दै हुनुहुन्छ भने, यो जीवन जिउने निराशाजनक तरिका हो किनभने संसारले तपाईंको सपनामा सहयोग गर्दैन। उनीहरूको आफ्नै कुराहरू छन्। सपनामा, तपाईंसँग भएको खालको कर्मको लागि अनुकूल वातावरण सिर्जना गर्न सक्नुहुन्छ। जीवन अचेतन कर्म विसर्जनको सीमाबाट बाहिर गएर सचेत प्रक्रिया बनेको छ भने मात्र जाग्रत अवस्था बढी अर्थपूर्ण हुन्छ। यदि जीवन पहिले नै गरिएका कुराहरूको विसर्जनमा मात्र सीमित छ भने, सपना निश्चय नै यो गर्नको लागि राम्रो ठाउँ हो।

मुख्य उद्दरण - के तपाईं सपना मा कर्म संचित गर्न सक्नुहुन्छ? कर्म तपाईंले गर्ने गतिविधिमा संचित हुदैँन । यो कसैको कार्यको इच्छाशक्ति वा उद्देश्यमा हुन्छ।

योगको संस्कृति अनुशार , शिव, महादेव, लाई या त पूर्ण निद्रा वा पूर्ण जागृतिका रूपमा वर्णन गरिएको छ। यो पूर्ण सचेतको अवस्था हो: या त उनी अवस्थित छैनन्, वा उनी सक्रिय छन्। उनको लागि बीचको यथार्थ छैन किनभने यदि विगठन गर्नको लागि केही छैन भने, केवल स्थिरता र जागरण हुनेछ। त्यहाँ सपनाको अवस्था हुँदैन। जब म "सपना" भनिरहेको छु, म केवल तपाईं निद्रामा हुँदा देखिने दृश्यको बारेमा कुरा गरिरहेको छैन, यहाँसम्म कि तपाईंको आँखाहरू खुला हुँदा पनि, तपाईं सपनाको अवस्थामै हुनुहुन्छ। अहिले, तपाईंले यो सृष्टिलाई जसरी अनुभव गर्दै हुनुहुन्छ त्यो पूर्ण रूपमा सपनाको जस्तो छ। यो जस्तो छ, वास्तवमा त्यस्तो छैन।

सपना को शक्ति र सपना को कमजोरपन सँगै उपस्थित छन्। सपनामा हराएको व्यक्तिका लागि, यो एक शक्तिशाली कुरा हो। थोरै दूरीबाट यसलाई हेर्ने व्यक्तिका लागि, यो एकदम कमजोर कुरा हो। यो केवल तपाईंले आफ्नो सपना सँगको सम्बन्धमा आफूलाई कसरी स्थित गर्नुभएको छ भन्नेमा निर्भर गर्दछ।

त्यसो भए, के तपाईं सपना मा कर्म संचित गर्न सक्नुहुन्छ? तपाईंले गर्ने गतिविधिबाट कर्म संचित हुदैँन। यो कसैको कार्यको इच्छाशक्ति वा उद्देश्यमा हुन्छ। के तपाईं सपनामा दिशा निर्धारित गर्न सक्षम हुनुहुन्छ? के तपाईं निर्णय गर्न सक्नुहुन्छ, "आज, म यो प्रकारको सपना देख्न जाँदैछु?" होइन। सपना मा कुनै इच्छाशक्ति हुँदैन। त्यसैले सपना केवल विगठन गर्ने प्रक्रिया हो। दिउँसोको समयमा पनि, अधिकांश समय तपाईं केवल पहिले नै गरिएको कुरा विगठन  गर्दै हुनुहुन्छ। तपाईंको क्रोध, तपाईंको आकांक्षा, तपाईंको निराशा, तपाईंको माया, तपाईंको उत्साह, तपाईंको घृणा, यी सबै केवल कर्मको विगठन हो, तपाईंले गर्नुभएको कुरा होइन। तपाईंले यो केवल तब महसुस गर्नुहुनेछ जब तपाईं यसलाई रोक्ने प्रयास गर्नुहुन्छ। मानौं तपाईं हिजो कसैसँग धेरै क्रोधित हुनुभयो, र आज, तपाईं दृढ हुनुहुन्छ, "म यो व्यक्तिसँग क्रोधित हुन चाहन्न।" तर जब तपाईं उसलाई भेट्नुहुन्छ, तपाईं देख्नुहुन्छ, पुनः तपाईं क्रोधित हुनुहुन्छ। स्पष्ट रूपमा यो तपाईंले गरेको कुरा होइन। अधिकांश समय, तपाईं केवल पहिले नै गरिएको कुराको उल्टो गर्दै हुनुहुन्छ। केवल जब तपाईं आफूलाई रूपान्तरण गर्ने प्रयास गर्नुहुन्छ, तब तपाईं यो महसुस गर्नुहुन्छ। यो कर्मको विगठन प्रक्रिया यति वास्तविक देखिन्छ, कि तपाईं आफैले यो गरिरहनु भएको जस्तो लाग्छ। जब हामी "कर्म" भन्छौं, हामी भन्छौं, यो तपाईंले गरेको कार्य हो। जब एक व्यक्तिले विश्वास गर्छ कि ऊ जे गर्दैछ, त्यो आफ्नो इच्छाहरूको आधारमा गर्दैछ, यो अज्ञानताको एक अत्यन्त आधारभूत अवस्था हो।

निजी-स्वार्थलाई त्याग्नु

एउटा भजन छ जसले भन्छ, "यो सबै तिमी हौ, महादेव, यो सबै तिमी हौ। मेरो दुष्टता मेरो मनले गर्दछ, मेरा कार्यहरू मेरो शरीरले गर्दछ - म कहाँ छु? म त अस्तित्वमै छैन। यो सबै तिम्रो हो।" यदि एक साँचो भक्तले यस्तो भन्छ, भने यो एक अत्यन्त सुन्दर अनुभूति हो। यदि मनले यो भन्छ भने, यो एकदम नीच स्तरको चतुराई हो। अधिकांश मानिसहरूले जब चीजहरू उनीहरूले चाहे जस्तो  हुँदैन तब कसैलाई वा केहि कुरालाई दोष दिन सिकेका छन्। यदि तपाईंले तपाईंलाई मन पर्ने र मन नपर्ने कुरा, असफलता र सफलताको कुरा कसैलाई दिन चाहनुहुन्छ भने, यो ठीक छ। यदि तपाईंको भलाइ र तपाईंको पीडाको कुरा दुवै  कसैलाई दिनुहुँदैछ भने, त्यो ठीक छ। यदि तपाईं केवल तपाईंको पीडा मात्र दिन चाहनुहुन्छ, तपाईंको भलाइ होइन भने - तपाईं कसैसँग खराब सम्झौता गर्न खोज्दै हुनुहुन्छ। कसैले पनि यो सम्झौता किन्नेवाला छैन जबसम्म ऊ पूर्ण रूपमा मूर्ख नहोस्।

यहाँसम्म कि सबैभन्दा मूर्ख व्यक्ति पनि आफ्नो स्वार्थको कुरा गर्दा धेरै चतुर हुन्छ। जब मानिसहरू धेरै भन्दा धेरै  बुद्धिमान हुदैँ जान्छन, तब तिनीहरू आफ्ना स्वार्थको बारेमा कम चासो राख्छन्। जति मूर्ख हुन्छन्, तिनीहरू आफ्ना स्वार्थको बारेमा त्यति चतुर हुन्छन्। के तपाईंले यसमा ध्यान दिनु भएको छ? आफ्नो सीमितता मा चासो राख्नु मूर्खता हो। यो एक व्यक्ति र समग्रमा मानवतालाई भइरहेको एक भयानक हानि हो। जब ऊ ब्रह्माण्डको भव्यतामा चासो राख्न र संलग्न हुन सक्छ, ऊ एक सानो व्यक्तिमा चासो राख्दैछ जसको कुनै मूल्य छैन। जब बुद्धिमत्ता फैलिन्छ र विभिन्न कुराहरूलाई हेर्न थाल्छ, एक मानिसले आफ्ना स्वार्थको बारेमा त्यति चासो राख्दैन। यदि कसैको बुद्धिमत्ता वास्तवमा फुल्दछ भने, उसको कुनै निजी-स्वार्थ हुँदैन।

Editor’s Note: Get the latest updates from the Isha Blog. Twitter, facebook, rss or browser extensions, take your pick.