Main Centers
International Centers
India
USA
Sadhguru Quotes
FILTERS:
SORT BY:
Clear All
हामीसँग जेजति क्षमता, सामर्थ्य र प्रतिभाहरू छन्, ती सबै तब मात्र अर्थपूर्ण हुन्छन्, जब सन्तुलन हुन्छ ।
ध्यानलिङ्ग भनेको पूर्ण-विकसित ऊर्जा शरीर भएको सर्वोच्च जीव जस्तै हो । शिव स्वयं यहाँ बसिरहेका छन् ।
योगले शारीरिक, मानसिक र आध्यात्मिक आयामहरूमा चमत्कारिक रूपमा काम गर्छ । एक मात्र चीज भनेको तपाईंले यसलाई अभ्यास गर्नुपर्ने हुन्छ ।
आफू जीवनमा अघि बढिरहेको छु कि छैन भनेर जान्न चाहनुहुन्छ भने, बस् यो हेर्नुस्, के तपाईं हिजोभन्दा आज अलिकति बढी खुसी हुनुहुन्छ ।
तपाईं यतिखेर जहाँ हुनुहुन्छ, त्यसबारे अत्यन्तै स्पष्ट हुँदाको अवस्थामा, अर्को स्तरको अनुभवले आफूलाई स्वयं तपाईंसामु उजागर गर्नेछ ।
मानिसहरू सफल हुनुमा, उनीहरू कडा परिश्रम नै गर्छन् भन्ने जरूरी छैन । उनीहरूले बस् त्यसरी गर्छन्, जुन तरिकाले खासमा काम गर्छ ।
यदि तपाईंलेे आफ्नो मनमा, भावनामा, र शरीरमा आफूले चाहेको परिवेश सृजना गर्न सक्नुभयो भने, तपाईंको स्वास्थ्य, आनन्द र खुसीयाली स्वत: सम्हालिनेछ ।
तपाईंलाई जेे मन पर्छ, त्यसका सीमाभित्र रहनुको तुलनामा, आफ्ना सीमाहरूबाट पर जानु निकै बढी महत्त्वपूर्ण छ ।
जीवनको विरोधाभास यही हो : तपाईंले असीमित सङ्ख्यामा झुटहरू बनाउन सक्नुहुन्छ, तर त्यहाँ केवल एउटा सत्य छ ।
पर्याप्त ध्यान दिने हो भने, कुनै पनि चीजमा निपुण बन्न सकिन्छ ।
यदि तपाईं जीवनमा गहन अन्तर्दृष्टि चाहनुहुन्छ भने, तपाईंका बारेमा अरू मानिसहरूका धारणाले तपाईंका निम्ति रत्तिभर मतलब राख्नुहुँदैन ।
यदि तपाईंले कठिन समयहरूलाई भित्री कृपाले पार गर्न सक्नुभयो भने मात्र, तपाईंले देख्नुहुनेछ, हामीले सामना गर्ने प्रत्येक परिस्थिति आफ्नो जीवनलाई अझ उन्नत बनाउने अवसर हो ।